April 30, 2025, Wednesday
[nepali_today_date]

रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा , कहिले सकिएला निर्माण कार्य ?

रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा , कहिले सकिएला निर्माण कार्य ?

माघ २ , काठमाडौं ।
आज माघ २ गते २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । आज भन्दा लगभग ९० साल पहिले ,१९९० साल माघ २ गते दिउसोँको दुई बजेर २४ मिनेटमा भुकम्पले नेपालको धर्ति भाचिएको दिन । ९० साल पहिलेको भुकम्पको समझनामा हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालियो ।

Image result for old rani pokhari


फेरि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पमा नेपालका करिब नौ हजार मानिसले यो धर्ति छोडे ,आठ लाखभन्दा बढी निजी घर , नौ सयभन्दा बढी नेपालको परिचय पहिचान गर्ने पुरातात्विक सम्पदा भत्किए ।
चार वर्ष अघि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । रानिपोखरिको निर्माण कार्य अहिले सम्म पन सकिएको छैन् ।

Image result for rani pokhari


विभिन्न समयमा आएका बाधा–अवरोध र सरकारी ढिलासुस्तीका प्रताप मल्लको पालाकै ईट्ठाको प्रयोग बोरिङ भरेर पानि भर्ने योजनाको कारण पनि रानीपोखरीको पुनर्निर्माण लम्बिएको हो ।
पहिले काठमाडौं महानगरपालीकाले आफैं पुनर्निर्माण शुरु गरेको थियो । महानगरले निर्माण गरिरहँदा पुरातात्विक सम्पदामा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरिएको भन्दै तीव्र आलोचना भयो । यतिसम्म कि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी नै दुई कित्तामा उभिए ।
त्यसबेला विरोधकर्ताहरुको माझमा उभिएर उपमेयर खड्गीले रानीपोखरीमा तालासमेत लगाइन् । अन्ततः रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइयो । अहिले काम धमाधम भइरहेको छ । प्राधिकरणका अधिकारीहरुले आगामी वैशाखमा काम सकिने दावी गरेका छन् ।

Advertisement