January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा

डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा

माघ २ , काठमाडौँ ।
छानविनमा केहि प्रमाण फेला नपरेपछि सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । आर्थिक हिनामीना गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै उनी स्वतः पुनर्बहाली हुनेछन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा उनीमाथी लागेको आरोपका विषयमा छानबिन गरिएको र उनि निर्दाष रहेका कारण निलम्बन फुकुवाको निर्णय गरिएको बताए ।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै मन्त्रालयसमक्ष गत सातामात्रै लिखित स्पष्टीकरणमा उनले आफूमाथि लागेको आरोपहरु आधारहीन रहेका र कतिपय आरोप सुनियोजित तथा पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गरेका थिए । राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई दोषी ठहर गरेको थियो ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर भ्रष्टाचार गरेको, चरम पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाए लगायतका आरोप लागेका थिए ।

Advertisement