About
Contact
January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार
गृहपृष्ठ
विशेष
समाचार
अर्थनीति
बैंक
सेयर बजार
कर्पोरेट
कर
मनोरञ्जन
इन्सुरेन्स
पत्रपत्रिका
विधुत
पर्यटन
विविध
अख्तियार
जिवनशैली
साहित्य
खेलकुद
रोचक प्रसँग
धर्म
रोजगार
राजनीति
बाणिज्य
स्वास्थ्य
पत्रपत्रिका
रचना
विचार
विश्व अर्थतन्त्र
English
कर्पोरेट
घरेलु उद्योग दर्ता गर्ने क्रम बढे
599
SHARES
वाणिज्य न्युज
२६ श्रावण २०७६
संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको छ । नेपालको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो रहेको छ । नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा एक हजार ४५, मङ्सिरमा ६३७, पुसमा एक हजार १७०, माघमा ४९३, फागुनमा ५६९ र चैतमा ७९३ उद्योग दर्ता गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार सात सय सात नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयले रु चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार बराबरको उद्योग दर्ता गरेको छ । जसमध्ये साउन, भदौ, असोज र कात्तिकमा रु ६१ करोड ५७ लाख, मङ्सिरमा रु २८ करोड ७४ लाख ५० हजार, पुसमा रु ४६ करोड १५ लाख, माघमा रु २० करोड २२ लाख, फागुनमा रु एक अर्ब १७ करोड ९४ लाख र चैतमा रु १८ करोड ८० लाख ३८ हजार बराबरको उद्योग दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको छ । साना तथा घरेलु कार्यालय काठमाडौँका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् । पछिल्लो समय काठमाडौँभित्रका नगरपालिका रहेका स्थानमा साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ जसले गर्दा त्यसभित्रका युवामा उद्योगी बन्न हौसला मिलेको कार्यालयको भनाइ छ । सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ । हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई दर्तादेखि व्यवसाय गर्न सहुलियत प्रदान गर्दै आएको छ ।
Advertisement
प्रतिकृया दिनुहोस्
भर्खरै
लोकप्रिय
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
एमाले सचिवालय बैठक बस्दै, वामदेवले पाउँलान जिम्मेवारी ?
ताइवानमा शक्तिशाली भूकम्प
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि
दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात
बेलायती संसद्मा शेखर कोइरालाले भने : विश्व राजनीति दक्षिण एसियातर्फ सोझियो [कोइरालाको सम्बोधनको पूर्णपाठ]
१ माघ २०८१
दक्षिण कोरियामा युवा व्यवसायीहरूको लागि औद्योगिक भ्रमण र वि टु वि मिटिङ हुँदै
२ माघ २०८१
राजाले जनता बचाउन खोजे, नेताले पारे देश र जनता नै जोखिममा
२८ पुष २०८१
भारुको कारोबार गर्ने मनोकामना मनिचेन्जरको लाइसेन्स खारेज
२८ पुष २०८१
धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली पुनरावलोकन गर्दै
२८ पुष २०८१
प्रतिकृया दिनुहोस्