उखु किसानले उद्योगीबाट एक अर्बमा १५ करोड मात्र पाए
माघ ७, काठमाडौं ।
चिनी उद्योगी र उखु कृषक बिच माघ सात भित्र किसानले पाउनु पर्ने सबै रकम भुक्तानी गरिसक्ने सम्झौता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएपनि समय सकिदा समेत सबै भुक्तानी पाएका छैनन् ।
सम्झौता अनुसार उद्योगीले किसानलाई १५ करोड १४ लाख रुपैया मात्र भुक्तानी गरेका छन् । यो भुक्तानी सँगै दस सुगर मिलले ९९ करोड ५१ लाख रुपैया भुक्तानी दिन अझै बाँकी रहेको छ ।
एक अर्बमध्ये उखु किसानले करिब १५ करोड रुपैयाँ मात्रै पाएका छन । जसमा महालक्ष्मीले करिब १० करोड ५० लाख र अन्नपूर्णले करिब ३ करोड ९० लाख र इन्दिरा सुगर उधोगले ७४ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
उखुको रकम नपाएपछि भुक्तानी माग्दै किसानहरु राजधानी आएर पुस ७ मा अन्नपूर्ण मिलको केन्द्रीय कार्यालय घेरेका थिए । करिब दुई साता लामो आन्दोलनपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री र किसान बिच पुस १८ गते वार्ता गरी पाँचबुँदे सहमति भएको थियो । सहमतिमा पुस अन्तिममा ८० प्रतिशत र माघ ७ गतेमा सबै चुक्ता गर्नुपर्ने सहमति भएपनी पुरा हुन भने सकेको छैन् । अन्नपूर्णले सरकारले तोकेको मूल्यभन्दा कम मूल्यको पुर्जी दिएर उखुको मूल्यमा समेत ठगी गरेको किसानको गुनासो छ ।
प्रतिक्विन्टल ४ सय ७१ दिनुपर्नेमा ३ सय ८० रुपैयाँको पुर्जी दिएको थियो ।
उद्योगीमात्र होइन किसान र सरकारबीच भएको सहमति अनुसार उखु किसानलाई राज्यबाट पाउने अनुदान समेत दिइएको छैन् । राज्यबाट पाउने अनुदानमा ढिलाइ भएको भन्दै किसान थप चिन्तामा रहेका छन् ।
प्रतिकृया दिनुहोस्