झापाका धान–चामल ब्यावसायी गुप्ताको निधन
झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ ।
गुप्ता मुटुको बिरामी थिए । उपचारका लागि भारतको दिल्ली पुर्याइए पनि उपचार सम्भव नभएपछि घरमै आराम गरेर बसेको अवस्थामा निधन भएको हो ।
नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर–५ स्थित निवासमै निधन भएको हो ।
सो एशोसिएशन हाल झापा उद्योग संघमा रुपान्तरित भएको छ । कानु हलुवाइ कान्दु मध्यदेशीय समाज झापाको अध्यक्षसमेत रहेका गुप्ता सामाजिक तथा धार्मिक व्यक्तित्वका रुपमा पनि परिचित थिए ।
उनले मेची अस्पतालमा बिरामीका लागि एउटा क्याविन कोठा, मेची बहुमुखी क्याम्पसमा विद्यार्थी पढ्ने एउटा कक्षाकोठा बनाइदिएका छन् भने भद्रपुर–५ स्थित जगन्ननथ मन्दिर निर्माणमा सर्वाधिक योगदान पुरयाएका छन् ।
भद्रपुरको उद्योग–व्यवसाय क्षेत्रमा गुप्ता परिवारको उल्लेखनीय योगदान छ । गुप्ता परिवारको पेट्रोलियम, चामल, दाना र चिया उद्योगहरुमा लगानी रहेको छ ।
गुप्ताको निधनप्रति झापा उद्योग संघले दुःख प्रकट गरेको छ । संघले भद्रपुरको मात्र नभई जिल्लाकै पुराना अनुभवी उद्योगी गुप्ताको निधनले झापाको उद्योग क्षेत्रमा क्षति पुगेको उल्लेख गरेको छ ।
यसैगरी नेपाल चिया उत्पादक संघले पनि गुप्ताको निधनले उद्योग व्यवसाय क्षेत्रमा क्षति पुगेको जनाएको छ । स्व गुप्ताका साहिँला छोरा शिवकुमार झापा उद्योग संघको वरिष्ठ उपाध्यक्ष, नेपाल चिया उत्पादक संघको महासचिव एवम् पेट्रोलियम डिलर्स एशोसिएशनको सदस्यका रुपमा क्रियाशील छन् ।
गुप्ताकी धर्मपत्नी सुशीलादेवी गुप्ताको दुई वर्षअघि ०७६ कात्तिकमा निधन भएको थियो । पिता जंगलीराम र माता फूलवासीदेवीका छोरा गुप्ता भद्रपुर मिल्स एशोसिएसनका संस्थापक सदस्य हुन् ।
प्रतिकृया दिनुहोस्