January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

अब मोबाइलबाटै जागिरः नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन हुने

अब मोबाइलबाटै जागिरः नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन हुने

१३ माघ, २०७६, काठमाडौं
इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी म्यानेजमेन्टले बुधबार र बिहीबार दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । जागिरको खोजीमा भौंतारिएकाहरू तथा जागिर परिवर्तन गर्न चाहनेहरूका लागि जब फेयर उचित गन्तव्य हुने जब फेयर कम्पनीले जनाएको छ ।
यो नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयर हो । यसमा घरमै बसीबसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने छ । यसकालागी कर्पोरेट क्षेत्र, बैंक, बिमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरी अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेन्टले जनाएको छ ।
जब फेयर मा ५० भन्दा बढी कम्पनीहरूले आफ्नो अनलाइन स्टल राख्नेछन् । नेपाल तथा विदेश दुबै देशमा रहेकाहरूले आवेदन दिन सक्नेछन् । यसका लागी आस्कमी म्यानेजमेन्टको वेब पोर्टल आस्कमी कन्सल्ट डटकममा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरूमा सिधै जब एप्लिकेसन दिन सकिन्छ ।
जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्क मी कन्सल्ट डटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर एकाउन्ट बनाउनुपर्ने हुन्छ ।
कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहे जस्तो कर्मचारी जब फेयरबाट लिन सक्नेछन् । कुनै पनि कम्पनीले यो फेयरमा अनलाइन स्टल राख्न चाहेमा आस्क मी कन्सल्ट डटकममा जानुपर्नेछ भने जब खोज्नेहरूले आफूलाई पायक पर्ने स्थान र उपयुक्त जागिरमा आवेदन गर्न सक्छन् । यसरी प्राप्त आवेदन आस्क मीको सफ्टवेयरमार्फत सिधै सम्बन्धित कम्पनीमा पुग्नेछ भने कम्पनीहरूले आफूले खोजेको तथा योग्यता पुगेका आवेदकहरूलाई फोन गरेर अन्तर्वार्ताका लागि बोलाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेज साथमा छ । यसका लागी धेरै बैंक तथा इन्स्योरेन्स, ई–सेवा, फोन पे, लोन प्लस डिपोजिट डटकमजस्ता कम्पनीहरूले पनि सहकार्य गरेका छन् ।

Advertisement