February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सनराइज बैंक र सिर्जना फाइनान्स बिच हस्ताक्षर

सनराइज बैंक र सिर्जना फाइनान्स बिच हस्ताक्षर

१४ माघ, २०७६, काठमाडौं ।
सनराइज बैंक र सिर्जना फाइनान्स बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय भएको छ ।

सिर्जना फाइनान्सको प्रधान कार्यालय बिराटनगरमा रहेको छ भने मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा यसका कार्यक्षेत्र रहेका छन् । कम्पनीले २१ वटा शाखामार्फत सेवा दिइरहेको छ । हाल सिर्जना फाइनान्सको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ छ । आगामी हुने वार्षिक साधारणसभामा चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयरपछि चुक्त पुँजी ५७ करोड ७८ लाख रुपैयाँ कायम हुनेछ ।
बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ ।
फाइनान्सको तर्फबाट बैंकमा ७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिनेछ । प्राप्तीपछि निक्षेप संकलन ९२ अर्ब नाघ्नेछ । त्यस्तै कर्जा लगानीतर्फ ५ अर्ब ५५ करोड रुपैयाँ जोडिनेछ । यसले बैंकलाई केही सिनर्जी प्रदान गर्नेछ । हाल बैंकको शाखा कार्यालय १३० वटा छन् ।

Advertisement