January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कर्जा विस्तारमा बैंक आक्रमक

कर्जा विस्तारमा बैंक आक्रमक
बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा समेत जारी रहेको छ । वैशाखको तेस्रो सातामा बैंकहरुले निक्षेप संकलन भन्दा पाँच गुणा बढी कर्जा प्रवाह गरेका छन् । वैशाखको तेस्रो साता बैंकहरुमा एक अर्ब निक्षेप थपिएको छ । जबकि उनीहरुले पाँच अर्ब कर्जा प्रवाह गरेका छन् । अघिल्ला तीन साता बैंकहरुमा निक्षेप समेत घटेको थियो । चैतको तेस्रो साताबाट घट्न थालेको निक्षेप वैशाख दोस्रो सातासम्म निरन्तर घटेको थियो । तेस्रो सातामा आएर भने सुधार हुने संकेत देखिएको छ । वैशाखको पहिलो र दोस्रो साता बैंकहरुको कर्जा समेत घटेको थियो । चालु आर्थिक वर्षको बैंशाख २० गतेसम्ममा बैंकहरुले कुल २६ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको छ । अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।

Advertisement