January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

साताको पहिलो दिन सुनको मूल्य बढ्योः हेर्नुहोस् कति?

१९ माघ ,२०७६, काठमाडौँ ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतवार सुनको मूल्य प्रतितोला रू.५०० बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७६ हजारमा कारोबार भएकोमा आज आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य भने प्रतितोला रू.७६ हजार २००मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्यमा भने आइतवार सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य रू.५ ले बढेर प्रतितोला रू. ८९५ मा कारोबार भइरहेको छ ।

Advertisement