December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

भ्रमण वर्षको पहिलो महिनामै लुम्बिनीमा पर्यटकको कमी

भ्रमण वर्षको पहिलो महिनामै लुम्बिनीमा पर्यटकको कमी


माघ २१, काठमाठौं ।
संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिनामा बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको संख्या घटेको छ । तेस्रो मुलुकका पर्यटक मात्र नभई भारतीय र नेपाली पर्यटक पनि गत बर्षको जनवरी महिनाको तुलनामा घटेका छन् । हवाई मात्र होइन स्थल मार्गबाट आउने पर्यटक पनि घटेका हुन् ।
जनवरीमा १३ हजार १ सय ७ विदेशीले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषले जनाएको छ । गत बर्षको जनवरीमा १३ हजार ६ सय १९ विदेशीले लुम्बिनी भ्रमण गरेका थिए ।
स्थलमार्ग बेलहिया नाका हुंदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरुको संख्या पनि घटेको छ । बेलहियाबाट गत बर्ष जनवरीमा १२ हजार ४ सय ५२ बिदेशी पर्यटक नेपाल आएकामा यस वर्षको जनवरीमा ११ हजार ७ सय ५९ विदेशी पर्यटक नेपाल आएका अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए । गत बर्ष १९ हजार १ सय ६८ भारतीय लुम्बिनी आएकोमा यो जनवरीमा ६ हजारले घटेर १३ हजार ९ सय ७८ मा झरेको छ ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको क्रममा रहेकाले धुलाम्य सडक र अकोतिर चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण पर्यटक आगमनमा कमी आएको हुन सक्ने पर्यटन व्यवसायी ब्यवसायीले बताउँदै आएका छन् ।
सरकारका नीति नियमहरु पनि पर्यटन प्रवद्र्धनमैत्री हुन नसकेका र विना तयारी र गृहकार्य भ्रमण वर्ष घोषणा गरिएकाले पनि लक्ष्य अनुसार पर्यटक भित्रिन नसकेको सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
लुम्बिनीमा म्यान्मार र चिनिया पर्यटक बढेका छन् भने भारत, थाइल्याण्ड, दक्षिण कोरिया, भियतनाम, जापान, कम्बोडिया लगायतका देशका पर्यटकहरु घटेका छन् ।

Advertisement