April 30, 2025, Wednesday
[nepali_today_date]

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैँया बृद्दी, तेलको भने घट्योे

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैँया बृद्दी, तेलको भने घट्योे

२१ माघ, काठमाडौं ।
नेपाल आयल निगमले अन्र्तराष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मुल्य वृद्धि गरेको छ । निगमले प्रति सिलिन्डर ग्यासको मुल्य रु.२५ ले वृद्धि गरेसंगै ग्यासको मूल्य एक हजार ३ सय ७५ पुगेको छ ।
त्यस्तै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य घटाएको छ । सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाएको हो । पेट्रोलको मूल्य रु १११ बाट घटाएर प्रतिलिटर १ सय ११० तथा डिजेल र मट्टितेलको मूल्य रु. १०० बाट घटाएर प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाइ इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।  ।
प्रत्येक १५– १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले इन्डियन आयल कर्पाेरेशनले फेबु्रअरी १ तारिखमा पठाएको मूल्यअनुरूप यी पदार्थको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन गरेपछि भारतभन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगञ्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसाले सस्तो भएको छ । डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

Advertisement