नोकिया स्मार्टफोन सी वान नेपाली बजारमा
२१ माघ, काठमाडौं ।
स्मार्टफोनको बजार विश्वमै एकदमै तिव्र गतिमा अघि बढिरहेको छ । हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होेडबाजीमा रहेका छन् । अहिले नोकियाको नयाँ स्मार्टफोन सी वान नेपाली बजारमा आएको छ ।
उक्त स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट सुविधा, १ जीबी र्याम र १६ जीबीको स्टोरेज रहेको छ । यसमा छुट्टै ६४ जीबीसम्मको माइक्रो एसडी र २ हजार ५०० एमएएचको रिमुभेबल ब्याट्री रहेको नोकिया मोबाइलको नेपालका लागि आधिकारिक वितरक टेलिटक प्रालिले जनाएको छ ।
कम्पनीले ३६५ दिनको ग्यारेन्टी सुविधा दिएको यस स्मार्टफोनको बजारमूल्य रू. ६ हजार ४९९ रहेको छ ।
प्रतिकृया दिनुहोस्