April 18, 2025, Friday
[nepali_today_date]

साताको तेस्रो दिन तोलामा ५ सयले घट्यो सुनको मूल्य

२१ माघ, काठमाडौं ।

साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement