रेमिट्यान्स भित्राउनेमा अमेरिका अगाडी ।

अमेरिका पछी भारत, बढी रेमिट्यान्स आउने मुलुकमा पर्ने कुरा राष्ट्र बैंककोे गत आवको ११ महिना (साउन–जेठ) को तथ्यांकले देखाउँछ । भारतमा काम गर्ने नेपालीको तथ्यांक नभएतापनी खाडी र मलेसियाभन्दा बढी नेपाली भारतमा काम गर्छन् । भारतबाट मात्रै गत आवको ११ महिनामा ९० अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । नेपालीको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । त्यस्तै अमेरिका र भारतपछि जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट बढी रेमिट्यान्स भित्रिने गरेको छ । दक्ष कामदार गएकाले जापानबाट र दक्षिण कोरियाबाट मनग्ये रेमिट्यान्स भित्रिएको छ । गत वर्ष मलेसिया, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) र मौरिसस सँग न्युन लागतमा कामदार जाने व्यवस्था बारे श्रम सम्झौता भएतापनी उचित पारिश्रमिक तोकीएको छैन ।
खाडी राष्ट्रमा पारिश्रमिक न्यून
नेपाली कामदारको आकर्षणको केन्द्रविन्दु मलेसिया र अन्य खाडी मुलुक भएतापनी न्यून पारिश्रमिक दिने गरीएका कारणले प्रतिव्यक्ती २२ हजार रुपैयाँ पारिश्रमिक आउने गरेको पाइएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) बहराइन, कुवेत, ओमन र मलेसियामा नेपालीहरु ठूलो संख्यामा नेपाली कामदारका रुपमा गएका छन् । तर, वैदेशिक रोजगारीका गन्तव्य मुलुकभन्दा विद्यार्थी भिसामा जाने मुलुकबाट तुलनात्मक रूपमा बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
प्रतिकृया दिनुहोस्