महिलालाई स्वरोजगार बनाउन ड्राइभिङ तालीम संगै अटो वितरण
२२ माघ, काठमाडौं ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आयआर्जनमा सुधार गर्ने उदेश्य सहित ५ जना महिलालाई ड्राइभिङ तालीमसंगै अटो रिक्सा वितरण गरेको छ । नगरपालिकाले नै तालीम सञ्चालन गरी दक्ष बनाई अटो हस्तान्तरण गरेको हो ।
नगरभित्रका महिलालाई रोजगारको अबसर प्रदान गर्न चालू आर्थिक वर्षमा नगरपालिकाले रू.१ करोड विनियोजन गरेको हो । उक्त रकमबाट नगरपालीकाले हालसम्म १३ ओटा अटो वितरण गरिसकेको छ । त्यस्तै नगरभित्रका विपन्न, एकल र पिछडिएका महिलालाई आर्थिक रूपमा सक्षम बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालीकाले जनाएको छ ।
नगरपालिकाले महिलालाई तालीमपछि स्वरोजगार बनाउन अटो खरीदका लागि शुरूमा रू.२ लाख लगानी गर्ने गरेको छ । नगरले प्रदान गरेको रू. २ लाखमध्ये रू. १ लाख पछी फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रतिकृया दिनुहोस्