कहिले आउँछ नेपाली रेल ? रेल विभाग भन्छ फागुन भित्रै
२२ माघ, काठमाडौं ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५।७६ को बैशाख सम्ममा नेपालमा जयनगर–कुर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा सञ्चालन गर्ने भनेको थियो तर, आर्थिक वर्ष २०७६।७७ सकिदै लाग्दा सम्म पनि नेपालमा रेल सेवाको अत्तो पत्तो छैन । यसैबिच कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सन्चालनमा आउने रेल विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७५ मा नेपालले रेल सेवा सञ्चालनको निम्ती ५० करोड रुपैयाँ बजेट छुटट्याएको थियो । पछि गएर नेपाल सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने सम्झौता भएको थियो । सम्झौता भएको एक वर्ष वित्न लाग्दा पनि नेपालमा रेल सेवा सञ्चालन हुने छाटकाट नदेखिइरहेकोबेला रेल विभागले भने रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकोले चाँडै सञ्चालनमा आउने बताएको छ ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लागेको रेल ल्याउन रेल खरिद विभागका महानिर्देशक बलराम मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्ने छ ।
हाल निर्माण गर्ने लोगेको रेलमार्ग कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा हुनेछ् । रेलले एक घण्टाको राउन्डमा सो दूरी पार गर्नेछ । पाँच सय जना चढ्न मिल्ने रेलले दैनिक सो स्थानमा सेवा दिन पहिला एउटा रेल सञ्चालन गरेर आवश्यकताअनुसार दुवै रेल सञ्चालनमा ल्याउने भनिएको छ ।
नेपाल सरकारले देश विकास तिब्र रुपमा अघि बढिरहेको संकेत गर्देै नेपालको रेल सेवा सञ्चालनको भावि योजना बनाईरहेको छ । सरकारले रेलवे सञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । उक्त विधयेक अन्तरदेशीय रेलमार्गको समेत परिकल्पना गरेर अघि बढाइएको हो ।
प्रतिकृया दिनुहोस्