‘बाल्ट्राले दशैं ल्यायो’ अफरका ५१ जना विजेता घोषणा
२२ माघ, काठमाडौं ।
बाल्ट्रा होम एप्लाइन्सेस कम्पनीले दशैंतिहार तथा छठका अवसरमा सञ्चालनमा ल्याएको बाल्ट्राले दशैं ल्यायो’ कार्यक्रमका बिजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले बाल्ट्राका ठूला तथा साना एप्लाइन्सेसको खरीदमा लक्की–ड्रमार्फत ५१ जना विजेता ग्राहकको नाम आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेकोे छ ।
उक्त अफरका विजयी ग्राहकमध्ये एकजनाले बाल्ट्रा एप्लाइन्सेसमा बम्पर उपहारस्वरूप बाल्ट्राको ५५ इन्चको स्मार्ट टीभी ,२ जनाले ४० इन्च र ३ जनाले ३२ इन्चको टेलिभिजन प्राप्त गरेका छन् । यस्तै ५ जनाले साउन्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राइस कुकर र १५ जनाले आइरन उपहारस्वरूप जितेका छन् ।
कम्पनीले विगत १० वर्षदेखि इलेक्ट्रोनिक तथा घरेलु सामानमा नयाँ एवम् उत्कृष्ट उत्पादन गर्दै नेपाली उपभोक्ताहरूको मन जितेकोे छ ।
प्रतिकृया दिनुहोस्