भ्यालेन्टाइन दिवसको अवसरमा रेडमी के २० प्रोमा अफर
२४ माघ, काठमाडौं ।
शाओमीले नजिकिदै गरेकोे प्रणय दिवसको अवसरमा आकर्षक योजना अन्तरगत फ्लागशिप किलर स्मार्टफोन रेडमी के २० प्रोमा खरिदमा बिशेष छुट ल्याएको छ । कम्पनिले उक्त रेडमी के २० प्रोमा खरिदमा तीन हजार रुपैयाँ सम्मको छुट गरी अब ४६ हजार नौ सय ९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
भ्यालेन्टाइन डे उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको हुदा प्रेम दिवस लाई विशेष बनाउन कम्पनीले रेडमी के २० प्रोको मूल्य घटाएको हो । उक्त स्मार्टफोनमा शीर्ष विशेषता र पप–अप क्यामेरा भएको हुदा प्रेमीहरुका लागि बिशेष उपहार रहने कम्पनिले जनाएको छ ।
यो अफरहरु १४ फ्रेब्रुअरीसम्म सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कममाबाट प्रयोगकर्ताहरुले लाभ लिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस्