February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मनोज बिकले पाए ‘सेल्फी किङ्ग’को विषेश ‘सो’ मार्फत सहयोग

मनोज बिकले पाए ‘सेल्फी किङ्ग’को विषेश ‘सो’ मार्फत सहयोग

२७ माघ, २०७६, काठमाण्डौ ।
विश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकलाई नेपाल राष्ट्रिय मोडलिङ संघ नेपालले २ लाख २० हजार २२० रुपैयाँ सहयोग गरेको छ ।
शनिबार कमलपोखरीस्थित बिगमुभिजमा फिल्म ‘सेल्फी किङ्ग’को एक विषेश शो आयोजनामा संघले बिकलाई उक्त रकम हस्तान्तरण गरेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको उपचारका लागि संघले उक्त रकम सहयोग गरेको हो ।
शोमा पूर्व परराष्ट्र राज्यमन्त्री तथा दक्षिण कोरियाको लागि नेपाली निवर्तमान राजदूत अर्जुनजंग बहादुर सिंह र मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले मनोजलाई उक्त रकम प्रदान गरेका हुन् ।
सहयोग गरिएको रकममा ‘सेल्फी किङ्ग’को विषेश सोेबाट उठेको रकममा मोडलिङसंघको तर्फबाट समेत आफूले केही थपेर सहयोग गरेको शाहीले बनाए ।
बिपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनरत छ ।

Advertisement