नबिलको नाफा घट्यो , रिजर्भ ११.७७ प्रतिशतले बढ्यो
माघ २८, काठमाडौं ।
नबिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तिय विवरण अनुसार २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ् । नबिलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६.२० प्रतिशत कम हो । बैंकले गत आर्थिक वर्षको यही अवधि सम्म २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । त्यस्तै सञ्चालन मुनाफा २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । भने गत आर्थिक वर्षको सोही अवधि सम्म ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । बैंकले खुद व्याज आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ् । गत वर्ष यही अवधि सम्म बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले निक्षेप संकलन १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । भने कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत वर्षको तुलनमा बैंकको रिजर्भको आकार ११.७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म १० अर्ब ४४ करोड रुपैयाँ रहेको रिजर्भ चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढेर ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा अनुपात ०.७५ प्रतिशत रहेको छ । गत वर्ष यो अनुपात ०.६२ प्रतिशत थियो । बैंकको कस्ट अफ फन्ड ६.०२ प्रतिशत र आधार दर पनि ८.१० प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहोस्