प्रिमियर इन्स्योरेन्सको नाफा ८ करोड ९३ लाख
०१ फागुन, २०७६, काठमाण्डौ ।
प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रोे त्रैमासमा ८ करोड ९३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.८८ प्रतिशतले बढी हो ।
कम्पनीको नाफा बढेपनि बीमा शुल्क आर्जन र दाबी भुक्तानी गर्न बाँकी रकम बढेको छ । कम्पनीले यस अवधिमा ४० करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४१ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
हाल सम्म कम्पनीले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ८१ हजार बीमालेख जारी गरेको छ । यस अवधिमा ४ हजार ५८३ बीमालेख नवीकरण भएका छन ।
प्रतिकृया दिनुहोस्