पाल्पा महोत्सव सुरु ,फागुन ११ गतेसम्म सञ्चालन हुने
०२ फागुन, २०७६, काठमाण्डौ ।
पाल्पाको तानसेनमा ‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ मूल नारासहित पाल्पा महोत्सव सुरू भएको छ । २ सय ७५ भन्दा बढी स्टलहरू रहेको उक्त महोत्सव फागुन ११ गते सम्म सञ्चालन गरीने भएको छ ।
उक्त महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए । महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको जानकारी प्राप्त भएको छ ।
स्थानीय कला संस्कृति, घाटु नाच, ठूलो नाच, सोरठी, करुवा, ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे गीत लगायतको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त महोत्सव मा राष्ट्रिय र स्थानीय कलाकारहरू को बेजोड प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
महोत्सवमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्