January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

एनसेलले मन्त्रालय र युनिसेफको सहकार्य दादुरा–रुबेला अभियान सहयोग

एनसेलले मन्त्रालय र युनिसेफको सहकार्य दादुरा–रुबेला अभियान सहयोग

०३ फागुन, काठमाण्डौ

एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान ०७६÷७७ मा सघाउने भएको छ । खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान २ चरणमा लागू गर्दै छ । पहिलो चरण अन्तर्गत फागुन १ देखि ३० सम्म प्रदेश नं १, २ र ५ का बालबालिकालाई खोप लगाइनेछ । त्यसैगरी, दोस्रो चरण अन्तर्गत चैत्र १ देखि ३० सम्म बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई खोप लगाइनेछ ।
सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान र्पुयाउनेछ । अभियानको लागि जनसचेतना अभिवृद्धि गर्न सरकारलाई सहयोग गरेको हो ।
सरकारी तथ्यांक अनुसार सन् २०१५ पछि दादुरा रुबेला रोगीहरु बढ्दै गएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांक अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पूरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत रहेपनि सन् २०१६ सम्ममा ७८ प्रतिशतमा घटेको छ ।
रुबेलाले हाड जोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुन सक्छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न मन्त्रालयसँग २०७६ साल असोज १३ एक समझदारी गरेको थियो ।

Advertisement