December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

घट्यो सुन–चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

अन्तर्राष्ट्रिय बजारमा मूल्य सस्तिएसँगै नेपाली बजारमा पनि बुधबार सुनको मूल्य प्रतितोलामा १ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण भएको हो । मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको मूल्य ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि अघिल्लो कारोबार दिनको तुलनामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार १७५ रुपैयाँे कायम भएको छ । मंगलबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७६७ र चाँदी प्रतिऔंस १९.१५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

Advertisement