December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

कारोबारको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम दिन सेयर बजारमा परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो । अघिल्लो दिन पनि नेप्से परिसूचक १६.६० अंकले घटेको थियो । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ५.६० अंकले घटेर ३७९.८९ विन्दुमा झरेको छ । यसदिन २१६ कम्पनीको ३० लाख ६३ हजार ४५३ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटै समूहको सूचक ओरालो लागेको छ । यसदिन होटल्स एन्ड टुरिजम समूहको सर्वाधिक ३.६२ र ट्रेडिङको ३.२२ प्रतिशतले घट्यो । फाइनान्सको २.९९, डेभलपमेन्ट बैंकको २.७२,हाइड्रो पावरको २.५, मनु एन्ड प्रोको २.३६ र इन्भेस्टमेन्टको २.१४ सूचक ओरालो लागेको हो । यसैगरी, बैंकिङको १.११, ननलाइफ इन्स्योरेन्सको १.०९, अदर्शको १.८७, माइक्रो फाइनान्सको १.४८, लाइफ इन्स्योरेन्सको १.९१ र म्युचुअल फन्डको १.०७ प्रतिशतले सेयर मूल्य घट्यो ।

शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ । शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् । यता हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, बेष्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन ।

Advertisement