December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

एनआईसी एशिया बैंकले घातक रोगको बीमा भुक्तानी ग¥यो

एनआईसी एशिया बैंकले घातक रोगको बीमा भुक्तानी ग¥यो

एनआइसी एसीयाले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत आफ्ना तीनजना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ । योजनाअन्तर्गत बैंकले स्वयम्भु, जाजरकोट, थलीलगायत शाखामा ’एम्बेस्डर’ श्रेणीको खाता खोल्ने तीन ग्राहकले यो सुविधा प्राप्त गरेको बैंकले जनाएको छ । हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह, सञ्जित तामाङलगायत तीन ग्राहकले यो सुविधा प्राप्त गरेका हुन् । शुक्रबार आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले ग्राहकलाई संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकका अनुसार बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म मुलुकभरका ११ सय ३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा वापत दुई करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत दुई करोड ६९ लाख रुपैयँ गरी कुल पाँच करोड ४९ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा दिँदै आएको छ । बैंकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता सेवा दिँदै आएको जनाइएको छ ।

यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस–सी आइपिएस–फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेको अन्य तीन व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । हाल यो बैंकको मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित सेवा दिँदै आएको छ ।

Advertisement