January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर सजाउनका लागि व्यक्तिगत रुपमा दुई करोड लगानी गरिँदै

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर सजाउनका लागि व्यक्तिगत रुपमा दुई करोड लगानी गरिँदै

०५ फागुन, काठमाण्डौ ।
प्रायः काठमाडौं आएका जो कोही व्यक्ति पशुपतिनाथ मन्दिर नपुगी रहन सक्दैनन् । विशेषगरी महाशिवरात्रिको अवसरमा यस मन्दिरमा भक्तजनहरुको भिड नै लाग्ने गर्छ ।
यस बर्षको शिवरात्रिमा पशुपतिनाथको मन्दिरलाई गत वर्ष भन्दा बढी नै झकिझकाउ तथा रगींचगीं देख्न पाइने भएको छ ।उक्त मन्दिर सजावटको लागि मात्रै २ करोड लगानी गरिने भएको छ त्यो पनी व्यक्तीगत प्रयासमा ।
ग्लेजटेड्रिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले मन्दिरप्रति आस्था र निष्ठा प्रकट गर्दै पशुपति विकास कोषको स्विकृतीमा शिवरात्रीका अवसरमा व्यक्तिगत लगानीमा पशुपतिनाथ मन्दिर र आसपासमा फूलले सजाउने भएका हुन् ।
स्वीकृति पाएसंगै यसपटकको शिवरात्रीमा उनीहरुले करिब ै दुई करोड रुपैयाँको फूलले पाशुपति क्षेत्र झिलिमिली बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा यति भव्य ढंगले फूलले सजावट गर्न लागेको यो नै पहिलो पटक हो ।
पशुपतिनाथप्रतिको आस्था र निष्ठाका लागि भक्तजनले गरेको यो सजावटले भिजिट नेपाल २०२० लाई पनि विशेष सहयोग पुग्ने विश्वास लिइएको छ ।

Advertisement