सनराइज बैंकमा भित्रियो २ अर्ब बढी वैदेशिक ऋण
सनराइज बैंकमा २ अर्ब बढी बैदेशिक ऋण भित्रिएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतीसंगै सिम्बोटिक्स एसए, जेनेभा स्विटजरल्याण्डबाट ३ वर्षको लागि अक्षेरुपी २ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको हो । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्राउदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।
भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ । सिम्बोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।
प्रतिकृया दिनुहोस्