आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई आर्थिक सहयोग
०८ फागुन, काठमाण्डौ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पर्साको आशा किरण केन्द्रलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । पर्शाको वीरगञ्ज १४ मा सुुस्तमनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरूलाई हेरचाह गर्दै आएको आशा किरण संस्थालाई उक्त लघुवित्तले उक्त सहयोग गरेको हो ।
आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले आशा किरण केन्द्रका अध्यक्ष सुनिलकुमार गुप्तालाई आरएमडीसीको मुख्य कार्यालय पुतलीसडकमा एक लाखको चेक हस्तान्तरण गरेका हुुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रूपबहादुर खड्का, प्रबन्धकद्वय अनिलकृष्ण जोशी, ज्ञानुमाया भण्डारीको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा आशा किरण केन्द्रका अध्यक्ष गुप्ताले प्रकारको सहयोगले उक्त केन्द्रलाई ठूलो मदत तथा हौसला मिलेकोमा खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका थिए ।
केन्द्रले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत संस्थालाई उक्त आर्थिक रकम हस्तान्तरण गरेको जनाएको छ ।
यस संस्थाले साझेदार संस्थाहरूमार्फत पिछडिएका वर्गका महिलाहरूलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशीला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आइरहेकोे जनाएको छ ।
प्रतिकृया दिनुहोस्