बैंक अफ काठमाण्डूद्वारा रू. १ करोड ५ लाख सहयोग
फाल्गुन ८, काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडले रू. १ करोड ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड र नेपाल पत्रकार समाज सेजनलाई ५ लाख आर्थिक सहयोग गरेको छ ।
बैंकले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर डा. चिरञ्जीवी नेपालमार्फत काठमाण्डू इन्स्टिच्युटका संस्थापक एवं अध्यक्ष डा. भगवान कोइराला र सेजनका अध्यक्ष भीमप्रसाद गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अभियान अन्तर्गत चाइल्ड हेल्थलाइ आईसीयू कक्ष निर्माण गर्न र पत्रकारिताको क्षेत्रमा महिला पत्रकारको क्षमता अभिवृद्घि गर्न छुट्टा छुट्टै रुपमा उक्त रकम सहयोग गरेको हो ।
२०७२ सालको विनाशकारी भूकम्पबाट पीडित हरुका लागि बैंकहरूसँग अनुरोध गर्दा अपेक्षित रकम संकलन नभएपछि राष्ट्र बैंकले बैंकहरूले कमाएको कुल नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रममा खर्च गर्नुपर्ने अनिवार्य नियम लागू गरेको थियो ।
अनिवार्य नीतिकै कारण अहिले सीएसआरमार्फत बैंकहरूले शिक्षा, स्वास्थ्य, पर्यावरण र दिगो विकास लगायत गतिविधिमा सहयोग र्पुयाउँदै आएका छन् । यसैगरी बैंकहरूले कुल प्रशासनिक खर्चको ३ प्रतिशत कर्मचारीको वृद्धि विकासमा खर्च गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस्