एभरेस्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
फाल्गुन ८, काठमाडौँ ।
एभरेस्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सहमति भएको छ । सम्झौतामा बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालन व्यवसायमा संलग्न महिलालाई सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी हस्ताक्षर भएको हो ।
उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने उदेश्यका साथ गरिएको उक्त सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक गिरीश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै दुवै संस्थाको बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीलाई वित्तीय पहुँच पुर्याउन संयुक्त प्रयास रहनेछ ।
देशभर ९५ शाखा, १२२ एटीएम मार्फत आफ्ना ग्रहाकलाई सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो पहुँच र शाखाहरूको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारी र यसैसँग सम्बद्ध महिला उद्यमीहरूलाई सहजरूपमा कर्जा उपलब्ध गराउनेछ ।
प्रतिकृया दिनुहोस्