सिटिजन्स बैंकद्धारा अपांग सेवा समितिलाई सहयोग
०८ फागुन, काठमाण्डौ ।
सिटिजन्स बैंक इन्टरनेशनलले ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई एक कार्यक्रमबीच बुधवार उक्त रकम हस्तान्तरण गरेको हो ।
बैकले सहयोग गरेको उक्त रकम विद्यार्थी लागी कपडा र शिक्षामा खर्च गरिने समितिको भनाइ छ । अपांग सेवा समाज समितिले अहिले १२ जना छात्र र ८ जना छात्रा गरि जम्मा २० जना लाई शिक्षा प्रदान गर्दै आइरहेको छ ।
देशभर ८९ ओटा शाखा मार्फत सेवा विस्तर गर्दै आएको यस बैंकले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्