February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

१० हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु भयो मेची पहाडमा महोत्सव

१० हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु भयो मेची पहाडमा महोत्सव

११ फागुन, काठमाण्डौ ।
मेची पहाडमा शुक्रबार देखि १० हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित महोत्सव सुरु भएको छ । उक्त महोत्सव फागुन १३ गते सम्म चल्ने भएको छ । भारतीय पर्यटक आकर्षित गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरिएको उक्त महोत्सवको उद्धघाटन प्रदेश १ का सभामुख प्रदिप भण्डारीले गरेका थिए।
उक्त महोत्सवले झापाको केचनादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म पर्यटकीय क्षेत्रको प्रचारमा सघाउ पुग्ने आयोजकको भनाई रहेको छ । जसका लागि भारतको सिक्किम, दार्जि्लिङ, विहारलगायत स्थानमा गएर प्रचार गरेसंगै १० हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाइएको छ ।
महोत्सवले सूर्योदयको आकर्षक दृश्य देखिने इलामको अन्तुडाँडा, कन्याम, माइपोखरी, टोड्के झरना, पाँचथरको साधुटार, सिलौटी, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबारलगायत थुप्रै पर्यटकीय स्थलको प्रवद्र्धनका लागि समेत योगदान गर्ने आयोजकको भनाई रहेको छ ।

त्यस्तै ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर, कंचनजंघा हिमाल, तिम्बुङपोखरी, फुङफुङे झरना, मिल्के जलजले क्षेत्र, ओलाङचुङगोला, दिकी छ्योलिङ गुम्बालगायतलाई पर्यटकको आँखामा पार्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।
फागुन १३ गते फुङलिङबाट पाथीभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको छ । भारतका समेत गरी २ सयभन्दा बढी धावकको म्याराथनमा सहभागिता रहने छ ।

Advertisement