सिटिजन्स बैंकद्वारा विद्यालय लाई आर्थिक सहयोग
११ फागुन, काठमाण्डौ ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत तपेस्वरी आधारभूत विद्यालय लाई आर्थिक सहयोग गरेको छ । बैंकले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालयलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजीत एक कार्यक्रम बिच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । विद्यालयले निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिका हरूलाई उक्त सहयोग रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति बिभिन्न शैक्षिक सामग्री खरीद गर्ने भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदी कार्यहरु गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस्