नागरिक उड्डयन प्राधिकरण टुक्र्याइने
१२ फागुन, काठमाण्डौ ।
लामो समयदेखि वहसमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत परिवर्तनले अब मूर्तरुप पाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपाल हवाइ सेवा प्राधिकरण स्थापना गर्ने गरी नयाँ विधयेक संसदमा पेस गरेसँगै नेपाल नागरिक उडड्यन प्राधिकरण टुक्रिने भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आइतबार दर्ता गरेको प्रस्तावित विधेयकमा हवाइ सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ । नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण गरेर नाम दिईएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणसम्बन्धी नयाँ विधेयक पनि संसदमा दर्ता भएको छ । नियामक र सेवा प्रदायक एकै हुन नमिल्ने अन्तर्रा्ष्ट्रिय मान्यता अनुरुप बनाउन नागरिक उडड्यन प्राधिकरणलाई छुट्याउन विधेयक संसदमा दर्ता गरेको हो ।
नयां ऐन अनुसार पर्यटनमन्त्री वा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र नागरिक उड्डयन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको व्यक्तिमध्येबाट अध्यक्ष चयन हुने प्रस्ताव विधेयकमा छ ।
त्यस्तै, नागरिक उड्डयनसम्बन्धी तालिम प्राप्त संस्थालाई सञ्चालन प्रमाणपत्र जारी गर्ने, वायुयान निर्माण तथा मर्मत सम्भार गर्ने, वायुयानको पाटपूर्जा बनाउने जस्ता अधिकार प्राधिकरणलाई विधेयकमा प्रस्ताव गरिएको छ ।
नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा रहेको छ् । जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो । युरोपेली युनियनले नेपाली विमान माथिको कालोसूची हटाउन पनि सेवा प्रदायक र निमयक निकाय छुट्टै बनाउनु पर्ने अडान राख्दै आएको थियो ।
यस व्यवस्थासँगै युरोपियन युनियनको कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्र हट्ने विश्वास सरकारको छ । तर, प्राधिकरणका कर्मचारीहरुले पनि प्राधिकरणलाई टुक्र्याउन नुहने माग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्