ग्लोबल आईएमई बैंकद्वारा बीमादाबी भुक्तानी
- वाणिज्य न्युज
- १४ फाल्गुन २०७६
१४ फागुन, काठमाण्डौ ।
ग्लोबल आईएमई बैंकले स्व.राजु गिरिको बीमा भुक्तानी दाबी भुक्तानी गरेको छ । उनले ‘नवरत्न कर्मचारी बचत खाता’ खोली कारोबार गर्दै आएका थिए ।
गिरिको सडक दुर्घटनामा परीे मृत्यु भएपछि बैंकले बीमादाबी स्वरूप रू. ५ लाख बराबर रकमको चेक उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले उक्त चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
हाल बैंकका २७० शाखा, ३७ राजस्व संकलन तथा एक्स्टेन्शन काउन्टर, २५६ एटीएम रहेका छन् ।
प्रतिकृया दिनुहोस्