नाम चलेका तीन सिमेन्ट कम्पनी कारबाहीमाः कारबाहीमा पर्नुको कारण रहेछ यस्तो
१४ फागुन, काठमाण्डौ ।
शालीमार सहित तिनवटा सिमेन्ट उद्योगको उत्पादन गुणस्तरमा चरम लापरवाही गरेको पुष्टि भएसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । बजारमा बिक्रीका लागि ठिक्क पारिएका मिसेन्ट र रडहरु परीक्षण गर्दा गुणस्तरहीन भएको पुष्टि भएपछि गुणस्तर विभागले उत्पादन इजाजत नै रद्द र स्थगित गरिदिएको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो ।
शालीमार सिमेन्टको पिपीसी सिमेन्ट गुणस्तरहीन भएको पुष्टि भएको छ । उक्त सिमेन्ट परिक्षण गर्न तीन दिन लागेको थियो । नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनु्रूप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ ।
यसैगरी, बारामा नै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ । कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टको पनि नेपाल गुणस्तर ३८५ अनुरूप नपाइएको विभागले जनाएको छ ।
सिमेनट गुणस्तर नभएपछि विभागले गुणस्तर नियमावली २०४० को नियम १६ अनुसार इजाजतपत्र स्थगन गरेको हो । बिभागले बजार अनुगमन गरेर संकलित नमुनाको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार नपाइएपछि कारबाही गरेको हो ।
प्रतिकृया दिनुहोस्