शुल्क हटाएकोमा मजदुर आक्रोशित

रेष्टुरेन्ट तथा बारहरूले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि सर्वसाधारण, उपभोक्ता अधिकारकर्मीसँगै निजी क्षेत्रले पनि स्वागत गरेको छ । तर, निर्णय फिर्ता हुनुपर्ने माग राख्दै मजदुरले भने कतिपय रेष्टुरेन्ट नै बन्द गराइरहेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपाल (रेबान) को हालैको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले संक्षिप्त विज्ञप्ति जारी गर्दै उपभोक्ताको हितलाई ध्यानमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने विस्वास लिएको छ । यता, सेवा शुल्कसम्बन्धी विवाद समाधानका लागि मजदुर र व्यवसायीबीच मध्यस्थता गर्ने श्रम कार्यालयको प्रयाश भने असफल भएको छ । मंगलबार कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाए पनि रेबान नगएपछि छलफल नै हुन सकेन ।
प्रतिकृया दिनुहोस्