नेपाली सेनाले सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल
१९ फागुन, काठमाण्डौ ।
कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजना अनुरूप आइतबार (१८ फागुन) देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका थिए ।
क्यान्टिनमा प्रारम्भमा तीन करोड मूल्य बराबरका सामग्री राखिएको बताइएको छ । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।
बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस्