April 30, 2025, Wednesday
[nepali_today_date]

ट्राफिक प्रहरीले गर्यो २१ जना ट्याक्सी चालकलाई सम्मान

फागुन १९, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले इमान्दार २१ जना ट्याक्सी चालकलाई सम्मान गरेको छ ।
सम्मानित हुने ट्याक्सी चालकहरुले ट्याक्सीमा छुटेको नगद, गरगहना लगायतमहत्वपूर्ण सामानहरू महाशाखामा बुझाएका र सोही राम्रो कामको कदर स्वरुप आज एक कार्यक्रमका बिच महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७६र०७७ भित्र विभिन्न समयमा यात्रुहरुले ट्याक्सीमा छोडेको सामान बुझाउन ल्याउने २१ जना चालकलाई मानवीय सहयोग गरेकाले सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
आफ्नो ट्याक्सीमा छुटेका सामान इमानदार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफूहरूलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरूले बताएका छन् ।

Advertisement