February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कोरोनाको त्रासले ठमेल बजार सुनसान, करोडौं लगानी जोखिममा

फागुन २२, काठमाडौँ ।
विश्वभरी नै माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले मुलुकको सबैभन्दा ठूलो पर्यटकीय र व्यापारिक केन्द्र ठमेल क्षेत्र सुुनसान भएको छ । छिमेकी मुलक चिन बाट फैलिएको कोरोना भाईरस विश्वभरी नै फैलिदै गएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अहिले कोरोनाको उच्च जोखिमको मुलुकको सुचिमा राखेको छ ।
नेपाल सरकारले कोरोना नियन्त्रणमा भरपर्दाे रणनिती नचाले पछी यस्को प्रभाब नेपाली पर्यटन र आर्थिक क्षेत्रमा पर्ने थालेको छ । विदेशी पर्यटनको गनतव्यको रुपमा रहेको ठमेल अहिले सुनसान हुन थालेको छ । सबैजसो पसल , होटल ,मनि एक्सचेन्ज , बार , रेष्टुरेन्ट व्यावसायीहरु ग्राहक विहीन बन्न पुगेका छन् ।
दैनिक करौडको व्यापार हुने ठमेल बजारमा अहिले लाखौको व्यापार हुन पनी मुस्किल भईरहेको छ । व्यापारीहरुको अहिलेको दैनिक काम भनेको बिहान पसल खोल्नुु र ग्राहकको प्रतिक्षामा झिंगा मार्दै दिन कटाउनुु मात्रै भएको छ । ठमेल क्षेत्रमा धेरैजसो देखिने चिनियाँ पर्यटकको आगमन नै नभएपछि यहाँको व्यावसाय चिन्तित अबस्थामा पुगेको हो ।
यस क्षेत्रमा पर्यटकलाई लक्षित नेपाली सिप र सामाग्री प्रयोग गरी बनाइएका वस्तुुहरु बिक्री गर्ने ह्यान्डी क्राफ्टका पसलहरु खरीद गर्ने पर्यटक नपाउँदा पलायन हुुने मोडमा पुुगेका छन् । यस क्षेत्रमा कोरोना भाइरसको त्रासले गर्दा विगत दुुई महिना देखी पर्यटकको खडेरी नै लागेको छ ।
चिनियाँ र अन्य पर्यटकले भरी– भराउ हुुने होटेल र रेस्टुुरेन्टहरु पनि सुुनसान देखिन थालेका छन् । होटलका अकुुपेन्सी दरमा व्यापक गिरावट आएको छ । पहिले बुुकिङ भएका होटलका रुमहरु एकाएक रद्ध भइरहेका छन् । नेपाल भ्रमण वर्ष लक्षित गरी ठमेल क्षेत्रमा खोलिएका नयाँ होटलहरुको लगानी पर्यटकको अभावले गर्दा डुुब्ने खतरा बढेको छ ।
अझ सरकारले भ्रमण वर्ष नै रद्ध गर्ने निर्णय गरेसंगै अवस्था झनै खराब हुुने देखिएको छ । यसले होटल मात्रै नभई त्यस क्षेत्रमा रहेका ट्राभल एजेन्सी कम्पनीहरु पनि धरासायी हुुने सम्भावना बढेर गएको छ ।
भाइरसले देखिएको पर्यटक अभावले ठूला क्षेत्रलाई मात्रै नभई त्यस क्षेत्रका पर्यटन व्यवसायसँग जोडिएका साना व्यवसायी जस्तै रिक्सा चालक र लोडरहरुलाई समेत प्रभावित तुुल्याएको छ । लगभग ५० देखि ८० वटासम्म रिक्साचालक रहेको क्षेत्रमा अहिले रिक्सा चालकहरु काम विहीन बन्न पुुगेका छन् ।

Advertisement