January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

बैतडीमा जिप दुर्घटना १ को मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना १ को मृत्यु, ६ जना घाइते

फागुन २५, बैतडी ।
बैतडीमा आइतबार जिप दुर्घटना हुँदा जिप चालकको घटना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको छ ।
धनगढी बाट दार्चुला जाँदै गरेको अनटेष्ट १२५७ नम्बरको जिप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धन सिंह बडालको मृत्यु भएको छ । भने ६ जना घाईते भएका छन ।
घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरक सिंह बडाल, ४१ वर्षीय प्रेम बल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Advertisement