चीनमा कोरोना संक्रमित राखिएको भवन भत्किदा चार जनाको मृत्यु
फागु २५, काठमाडौँ ।
चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ । चीनको फुजियान प्रान्तको क्वान्झाउ सहरमा क्वारेन्टानइन भवनको रुपमा विकास गरिएको पाँचतले सिन्जा होटल भत्किँदा ७० जना फसेका थिए । जसमध्ये ४७ जनाको उद्दार गरिएको छ ।
चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको थियो । अझै पनी भत्किएको भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसबाट चीन सबै भन्दा बढी प्रभावित बनेको छ ।
आईतबार विहान सम्ममा विश्वभर ३६ सय मानिसको कारोनाको कारण मृत्यु भईसकेको छ । चीनमा मात्रै अहिले सम्म ३०९७ जनाले ज्यान गुमाई सकेका छन् । संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा कोरोनाको लक्ष्ण देखा परेको छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केका छन ।
प्रतिकृया दिनुहोस्