मर्जर पछी प्राइम बैंकको एकीकृत कारोबार फागुन २९ बाट
फागुन २५, काठमाडौँ ।
कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडको कारोबारो फागुन २९ गते देखि सुरु हुने भएको छ । प्राइम कमर्सियल बैंक लिमिटेडको नाम बाट कारोबार सञ्चालन हुने बैंकको केन्द्रिय कार्यालय भने काठमाण्डाँैको कमलपोखरीमा हुनेछ ।
प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरे पछी नेपाल राष्ट्र बैंकले अन्तिम अनुमती दिइएको हो ।
ओम डेभलपमेन्ट बैंक सँगको मर्जर असफल भएपछी अप्ठ्यारोमा परेको प्राइम बैंक पछिल्लो समय साना संस्थाहरुलाई गाभेर बलियो बन्ने दौडमा छ । कैलाशको प्राप्ति पछी प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोडको उचाईमा पुग्नेछ । बैंकको पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँको पुग्नेछ ।
प्रतिकृया दिनुहोस्