नारी दिवसको अबसरमा एनआईसी एशियाको क्यासब्याक योजना
फागुन २५, काठमाडौँ ।
एनआईसी एशिया बैंकले अन्र्ताराष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकका लागि क्यासब्याक योजना सार्वजनिक गरेको छ । आइतवार मोबाइल बैंकिङ कारोबार गर्ने १०० जनाले १०० प्रतिशत वा रू. १० हजार सम्म क्यासब्याक पाउनेछन् ।
बैंकका महिला ग्राहकले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरीद गर्दा, क्यूआर पेमेन्ट लगायतका भुक्तानीमा यो योजना लागु हुने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । बैंकले पछिल्लो समयमा वित्तिय समावेशीकरणका लागि बैंक तथा वित्तिय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तिय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्