January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सिटिजन्स बैंकको ९४ आँै शाखा डोल्पाको जुफालमा

सिटिजन्स बैंकको ९४ आँै  शाखा डोल्पाको जुफालमा

फागुन २५, काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेशनलले आफनो शाखा विस्तार गर्ने क्रममा ९४ औँ शाखाको रुपमा बिहीवार देखी डोल्पाको जुफालमा सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा मार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमा कर्जाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहक वर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यस बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन् ।

Advertisement