January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

नुन तथा चिनीको अभाव छैन ः साल्ट ट्रेडिङ कर्पोरेशन

नुन तथा चिनीको अभाव छैन ः साल्ट ट्रेडिङ कर्पोरेशन

फागुन २५, काठमाडौँ ।
दैनिक उपभोग्य बस्तु नुन चिनी लगाएत अत्यावश्यक बस्तु पर्याप्त मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले प्रष्ट पारेको छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्ति मार्फत करीब १० महीना सम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको भन्दै उपभोक्ता लाई निश्चिन्त रहन आग्रह गरेको हो ।
हाल कर्पोरेशन सँग १ लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको प्रस्ट पारेको छ । अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ ।
यसैगरी कर्पोरेशनले चिनीको पनी पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कर्पोरेशन सँग करीब पाँच महीना लाई पुग्ने १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ ।
नेपालका चिनी उद्योगसँग १ लाख १ हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महीनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल खरिद गरेको छ ।
कर्पोरेशनले नुन, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुन आग्रह गरेको छ ।

Advertisement