January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

नेपाल टेलिकमले गर्यो जीएसएम मोबाइल सेवामा सिष्टम स्तरोन्नति

२७ फागुन, काठमाडौं ।
नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको जनाएको छ ।
पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।
यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी÷थ्रीजी÷फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीले विश्वास गरेको छ ।

Advertisement