January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल वायुसेवा निगमको दोहा उडान स्थगित

नेपाल वायुसेवा निगमको दोहा उडान स्थगित

फागुन २७, काठमाडौं ।
नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले मंगलवारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गरेको हो ।
कतारले कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल उक्त मुलुकको उडान स्थगित गर्नु परेको निगमको जनाएको छ ।
निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको मंगलबार जारी विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Advertisement