बैंकको नाफा कमाउनेमा सरकारी बैंक अगाडि
बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुले २४.१६ प्रतिशतले नाफा सुधार गरेका हुन्।
बैंकिङ तरलता अभावको बाबजुत ऋण परिचालन गरेर बैंकहरुले नाफा आर्जन गरेका हुन ्।
बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो बर्षको भन्दा ४५ प्रतिशतले नाफा सुधार गरेर सबैभन्दा अगाडि देखिएको हा े। अघिल्लो बर्ष पनि बाणिज्य बैंक नै सबैभन्दा अगाडि थिया े।
दोस्रोमा पनि सरकारी तथा निजी साझेदारीको कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले गत वर्ष १९ प्रतिशतले नाफा सुधार गर्दै चार अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ ।
निजिस्तरका बाणिज्य बैंकहरुमध्ये सबैभन्दा अगाडि नबिल बैंक रहेको छ। साथै सबैभन्दा धेरै नाफा गर्नेमा तेस्रो नम्वरमा परेको छ ।
तीन अर्ब रुपैयाँभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् । दुई अर्बदेखि तीन अर्बको विचमा नाफा भएका बाणिज्य बैंकहरु ९ वटा छन ्।
यस बर्षबाट प्रभु बैक अर्बपति क्लबमा उक्लिएको छ । अघिल्लो वर्ष अर्बपति क्लबबाट तल झरेको प्रभु गत बर्षबाट पुनः अर्बपति क्लबमा उक्लिएको हा े। सबैभन्दा कम नाफा गर्नेमा यस वर्ष पनि सिभिल नै छ । बैंकले सार्वजनिक रुपमा वित्तीय विवरण प्रकाशन गरेको छैन। बैंकले दिएको जानकारी अनुसार बैंकले गत वर्ष ८० करोड रुपैयाँ नाफा गरेको छ ।
२८ वटा बाणिज्य बैंकहरुमध्ये सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा अघिल्लो आर्थिक बर्षको भन्दा घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ प्रतिशतले नाफा घटेर दुई अर्ब ६१ करोड रुपैयाँमा झरेको छ। तीन वटा कर्जा बिग्रिँदा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँको प्रोभिजनिङ गर्नु परेको छ । यसले गर्दा निक्षेप तथा ऋण लगानीमा उल्लेख्य सुधार हुँदा पनि नाफामा गिरावट आएको हो ।
बाँकी २५ वटा बाणिज्य बैंकहरुले नाफा बढाएका छन् । सबैभन्दा धेरै नाफा बढाउनेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले नाफा बढाएको हा े। अघिल्लो वर्ष एक अर्ब ३३ करोड रुपैयाँ मात्रै नाफा रहेकोमा गत वर्ष बैंकले तीन अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकहरुको चर्को व्याजदरको विषयलाई लिएर व्यवसायीहरुले आन्दोलन नै गरेका थिए । तैपनि बैंकहरुले राम्रै स्प्रेडमा काम गरेर नाफा बढाएका हुन ्।
प्रतिकृया दिनुहोस्